प्रवासी नेपाली बचत योजना

क) निःशुल्क दुर्घटना बीमा सुविधा र समुदय सहुलियत कार्ड सेवा उपलब्ध गराईने छ ।
ख) बीमा सुविधा प्राप्त गर्न अनिवार्य रुपमा संस्थाको सेयर लिनु पर्नेछ ।
ग) उद्यमी तथा व्यवसायी बन्न चाहने बचतकर्ता सदस्य तथा उनीहरुका परिवारलाई छुटमा उद्यमशीलता विकास तालिम लिने अवसर प्रदान गरिनेछ ।
घ) व्यवसाय सञ्चालनका लागि कर्जा आवश्यक भएमा सहुलियत ब्याजदरमा कर्जा सुविधा प्रदान गरिने छ ।
ङ) बिरामी हुँदा उपचारमा छुट र दुर्घटनामा परी उपचार गर्दा औषधी उपचार खर्च समेत उपलब्ध गराईने छ ।
च) बैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारले यो खाता खोली बचत गर्न सक्ने छन् ।

 

मासिक बचत १ वर्षमा २ वर्षमा ३ वर्षमा बीमा रकम
६,००० ७६,००० १,६०,००० २,५२,७०० १,००,०००।–
८,००० १,०१३०० २,१३,३०० ३,३७,००० १,००,०००।–
१०,००० १,२६,७०० २,६६,६०० ४,२१,३०० १,००,०००।–
१२,००० १,५२,००० ३,२०,००० ५,०५,५०० १,००,०००।–
१४,००० १,७७,३०० ३,७३,३०० ५,८९,८०० १,००,०००।–