परिचय
लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ (Regd. No. 1224/064/065) अन्तर्गत नेपाल सरकारको सम्बन्धित क्षेत्रमा विभिन्न अनुभवी व्यक्तिहरूको पहलमा स्थापना भएको संस्था हो । जसको स्थापना 2064 सालमा कागेश्वरी मनोहरा–०६, मुलपानी, काठमाण्डौंमा भएको हो। यस सहकारीले समुदायको आर्थिक विकास र सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। स्थापनाको उद्देश्य सदस्यहरूलाई बचत गर्न प्रोत्साहन गर्दै उनीहरूको आर्थिक सम्भावना विस्तार गर्नु रहेको छ। साथै, यो सहकारीले सदस्यहरूलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराएर उनीहरूको वित्तीय आवश्यकताहरू पुरा गर्ने प्रयास गर्दै आएको छ।
संस्थाले आधुनिक सहकारी सिद्धान्तहरूको पालन गर्दै पारदर्शिता, विश्वसनीयता, र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता लिएको छ। लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले समुदायका सदस्यहरूबीच आपसी सहकार्य, विश्वास, र वित्तीय साक्षरताको विकास गर्न योगदान पुर्याएको छ। सहकारीको सक्रियता र सदस्यहरूको समर्थनका कारण यसले सामाजिक–आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ।
उद्देश्य र कार्यहरु (Objectives and Actions)
- समुहमा आधारित लघुबित्त कार्यक्रमसंगै तालिम तथा आय–आर्जनमुलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
- बैदेशिक रोजगारमा जाने र फर्किने कामदारहरूका लागि उद्यमशीलता विकास तालिम र परामर्श कार्यक्रमहरू सञ्चालन गर्ने ।
मूल्य मान्यताहरू (Core Values)
उद्यमशीलता, व्यवसायिकता, इमानदारिता, नैतिकता, उत्कृष्टता, गतिशीलता र विविधता ।
व्यवस्थापन (Management)
यस संस्थाको सञ्चालक समितिमा विभिन्न क्षेत्रका अनुभवी, ख्यातिप्राप्त र दूरगामी सोच भएका सक्षम र योग्य व्यक्तित्वहरू रहनुभएको छ । साथै सदस्य तथा सेवाग्राहीहरूलाई छिटो, छरितो, विश्वासिलो र गुणस्तरीय सेवाका लागि आधुनिक बैंङ्किङ सफ्टवेयर प्रणाली जडान गरी व्यवस्थापनलाई अत्यन्तै व्यवस्थित बनाइएको छ ।
सेयर पूँजी (Share Capital)
शेयर सदस्य संख्या १९७०, शेयर पूंजी रु. ३,५९,१०,७००/- प्राथमिक पूंजीकोष रु. ७,७०,४९,६४५.१६ र सम्पत्ति रु. ३६,७९,४२,९३९ / ०८ गरी जम्मा रहेको कूल कारोबार रु. ३७,०६,२२,५०८. ९०