अध्यक्षबाट सन्देश
“एकका लागि सवै र सवैका लागि एक” भन्ने दर्शनबाट ओतप्रोत भई सहकारी संस्थाहरु विभिन्न नामले संसार भरी संचालित छन् । नेपालमा पनि २०१३ सालमा बखान सहकारी संस्था चितवनको स्थापना संगै सहकारी अभियान प्रारम्भ भएको हो ।
करिब ६७ बर्षको लामो इतिहास बोकेको सहकारी क्षेत्रले धेरै खाले उतारचढावहरु व्यहोरी सकेको सर्व विद्धितै छ । सयम समयको शासकिय व्यवस्था परिवर्तन संगै सहकारी क्षेत्र तथा अभियानमा समेत समयानुकुल र परिवेश सुहाउदिलो परिवर्तन भई रहेका छन् । शासकिय व्यवस्था अनुरुपका कानूनी व्यवस्थाहरु सूचना तथा प्रविधि सदस्य मैत्री र कानून पनि सहकारी मैत्री बन्दै गई रहेका छन् ।
सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त परिपालन गर्दै बचत तथा ऋणका सिद्धान्तलाई व्यवहारमा उतार्न स्थानिय स्तरमा समुदायका सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृति र पर्यावरणिय सम्वृद्धिका लागि काठमाण्डौको साविक मुलपानी गा.वि.स.वडा नं. ४, हाल कागेश्वरीमनोहरा न.पा.वडा नं. ६ मा २०६४ सालमा लक्ष्मीनारायण बहुउद्देश्यिय सहकारी संस्था लि. नामबाट तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दतां नं. १२२४ द्वारा नेपाल सरकारको निकायमा दर्ता भई २०७८/१०/२६ गते बाग्मती प्रदेश सरकारको निर्णय भै लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि. को नाममा दर्ता भई शेयर सदस्यहरुलाई अधिकत्तम सेवा सुविधा, लक्ष्मीनारायण बचत तथा ऋण सहकारीको प्रतिबद्धता” भन्ने मूल नारा लिई लोकतान्त्रिक पद्धतिलाई आत्मासाथ गर्दै विशुद्ध समुदायमा आधारित समुदायका सदस्यहरुको सर्वाङ्गिण संम्बृद्धिका लागि यहांहरुको बिचमा उत्कृष्ठ तवरले संचालित बित्तिय सहकारी संस्थाको अध्यक्षको हैसियतले शुभ-कामना सन्देश प्रवाह गर्दछु, संगै यो प्रविधिमा जोडिन पाएकोमा गर्व गर्दछु ।
हाल देशभर संचालित ३१,४५० भन्दा बढी सहकारीमा आवद्ध करिब ७६ लाख सदस्यहरुलाई लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारी मार्फत मात्र सर्वोत्कृष्ठ बित्तिय सम्बृद्धिका लागि शुभ-कामना व्यक्त गर्न चाहन्छु ।
हाल नेपालको बाग्मती प्रदेश अन्तर्गत संचालित यस संस्थामा आवद्ध शेयर सदस्य संख्या १९७०, शेयर पूंजी रु. ३,५९,१०,७००/- प्राथमिक पूंजीकोष रु. ७,७०,४९,६४५/१६ र सम्पत्ति रु. ३६,७९,४२,९३९ / ०८ गरी जम्मा रहेको कूल कारोबार रु. ३७,०६,२२,५०८ / ९० सहित सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिको बिकाशको पक्षमा वकालत गरि रहेको सन्दर्भमा समुदायमा रहेका यस सहकारी संस्था संग आवद्ध भएकालाई बधाई र सदस्यता प्राप्त गरि नसकेका सम्पूर्णलाई यही सन्देश मार्फत लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थामा आवद्धताका लागि समेत आह्वान गर्दछु। धन्यबाद, जय सहकारी ।
शकर थापा
अध्यक्ष
संचालक समिति